जिल्ला बासिलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कालिकोटको सुचना ।।

कालिकोट । मौसम बिज्ञान विभाग, पूर्वानुमान महासाखाको भदौ २४ गतेको बुलेटिन अनुसार आइतबार देखि भदौ २६ गते मंगलबार सम्म जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै जिल्ला बासिलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कालिकोटले सुचना निकालेको छ । उक्त सुचनामा कर्णालि प्रदेशका बिभिन्न स्थानहरुमा मेग गर्जन÷चट्याङ सहित हक्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कालिकोटमा पनि भारी वर्षा हुन सक्ने भन्दै आइतबार देखि मंगलबार सम्म जिल्ला बासि सम्पुर्णलाइ सतर्क रहन सुचनामा अनुरोध गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी द्धारा हस्ताक्षरीत सुचनामा तिला कर्णाली, हुम्ला कर्णाली लगायतका अन्य नदि नाला, खोला खोल्सामा पानिको सतह र बहाव बढ्न सक्ने र बिभिन्न स्थानमा बाढि पहिरो आउन सक्ने तथा बिद्युत सञ्चार खानेपानि यातायात अबरुद्ध हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण भएका जिर्ण अबस्थाका भौतिक संरचना तथा बाढी पहिरोको उच्च जोखिममा रहेका र नदि किनाराका बस्तिहरुले आबश्यक सतर्कता अपनाउन तथा सुरक्षित बसोबासको पुर्ब तयारी समेत गर्नहुनका लागी जिल्ला स्थित सम्पुर्ण स्थानिय तहहरुलाई अनुरोध गरिएको छ ।

error: Content is protected !!