अध्यक्ष सिंह धार्मिक क्षेत्रमा बृक्षारोपण गर्दै ।

कालिकोट । जिल्लाकोे महावै गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित पालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) सहितको टिमले धार्मिक स्थलमा बृक्षारोपण गरेका छन् ।नेकपा माओवादि केन्द्रले सुरु गरेको तीन महिने अभियान अन्तर्गत केन्द्र देखि स्थानीय स्तरका नेताहरु वडा वडा र टोल टोलमा केन्द्रित भएका छन् । सोही अभियान अन्तरगत गाउँ पालिकाको वडा नं ५ मा रहेको धार्मिक स्थल देवल एरियामा पालिका अध्यक्ष र वडा अध्यक्ष शिबराज जैसी (रबिकिरण) लगाएतको टोली आफैले बृक्षारोपण गरेको वडा अध्यक्ष जैसिले खबर पठाउनु भएको छ । पालिका अध्यक्ष सिंहले यो अभियानमा पालिका भरि श्रमदान कार्य निरन्तर रहने र वडा का विभिन्न ठाउँ हरु सरसफाइ तथा बिग्रेका भत्केका सार्वजनिक स्थल , भौतिक संरचना हरु को मर्मत गर्ने बताउनु भएको छ ।

error: Content is protected !!