कालिकोट जिल्लाको महावै गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित पालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) श्रमदानमा जुटेका छन, । नेकपा माओवादि केन्द्रले सुरु गरेको तीन महिने अभियान अन्तर्गत केन्द्र देखि स्थानीय स्तरका नेताहरु वडा वडा र टोल टोलमा केन्द्रित भएका छन् । सोही अभियान अन्तरगत गाउँ पालिकाको वडा नं ५ कालिका माबि गेला बिध्यालयको फिल्ड निर्माण गर्न पालिका अध्यक्ष र वडा अध्यक्ष लगाएतको टोली आफै श्रमदान मा जुटेका हुन । विधालय बाटै बालबालिकाको पहिलोे पाटशाला सुरु हुने भएकाले शैक्षिक संरचना बलियो र भरपर्दो बनाई विधार्थि हरुको शिक्षामा पहुँच, समान्ता, गुणस्तरियता र भयपरि आउने समस्या बाट दिगोपना गराउने उदेश्यले अभियान सुरु गरिएको अध्यक्ष्य सिंहले बताउनु भएको छ । उक्त श्रमदान मा ,वडा अध्यक्ष सिवराज जैसी ( रबिकिरण ) वडा सचिब मणिराम उपाध्याय ( महासागर ) लगाएत स्थानीय पार्टी कार्यकर्ता र स्थानीय बासिन्दा को सहयोग रहेको छ । यो श्रमदान कार्य अब निरन्तर रहने र वडा का विभिन्न ठाउँ हरु सरसफाइ तथा बिग्रेका भत्केका सार्वजनिक स्थल , भौतिक संरचना हरु को मर्मत गर्ने वडा अध्यक्ष जैसिले खबर पठाउनु भएको छ ।