बिहिबार राति देखि हराएकी गिताका आमा छोरा नेपालगञ्जमा भेटिए ।।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मान्म बजार वाट बिहिबार राति देखि बेपत्ता भएका आमा छोरा बाँके जिल्लाको कारकाँदो मा फेला परेका छन् । उनिहरुलाई बिशेष सुचनाका आधारमा बाँके जिल्लाको नेपालगञ्जमा प्रहरीले सकुसल फेला पारेको जिल्ला प्रहरी कार्याल कालिकोटका प्रहरी नायव उपरिक्षक अर्जुन केसि ले बताउनु भयो । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर–५ कट्टीका स्थानीय दानबहादुर शाहीकि कान्छि श्रिमति अन्दाजि वर्ष २५ कि आमा गीता जैसी र वर्ष ४ का छोरा टेकेन्द्र शाही बिहिबार राति देखि बेपत्ता भएका थिए । शुक्रबार बिहान देखि प्रहरीको टोलिले खोजिकार्य जारी राखेका थियोे ।

एक जना महिला चार वर्षिया बालक सहित बेपत्ता ।

error: Content is protected !!