एक जना महिला चार वर्षिया बालक सहित बेपत्ता ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मान्म बजार वाट बिहिबार राति देखि आमा छोरा बेपत्ता भएका छन् । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर–५ कट्टीका स्थानीय दानबहादुर शाहीकि कान्छि श्रिमति अन्दाजि वर्ष २५ कि आमा गीता जैसी र वर्ष ४ का छोरा टेकेन्द्र शाही हिजो राति वाट बेपत्ता भएका हुन् । उनिहरुको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्याल कालिकोटका प्रहरी नायव उपरिक्षक अर्जुन केसि ले बताउनु भयो । बेपत्ता महिलाका श्रीमान शाही कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–१ लुसाका ५५ वर्षीय ससुरा धनिराम जैसीलाइ मान्छे लगाएर मारेको स्वीकार गरेको मेसेन्जरको कुरा बाहिरिए पछि अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका छन् । मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच विवाद हुँदै आएको थियो । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर–५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरा समेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका छन् . माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए । हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो । एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जर मार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका थिए । नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की समेत दिएका थिए । उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात् आफ्नै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भन्दै मेसेन्जरमा धम्की दिएका थिए ।

error: Content is protected !!