कालिकोट । जिल्लाका प्राय स्थानिय तहहरुमा लामो समय प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेका थिय । निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेका स्थानिय तहहरुमा अहिले भने सबैजसो स्थानियतहहरुमा प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । जिल्लाको महाबै गाँउपालिले पहिलो पटक महिला अधिकृत पाएको छ । गाउँपालिकाले महिला अधिकृतका रुपमा शोभा पाण्डेलाई पाएको हो ।२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन यता महाबै गाउँपालिकामा अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेको थियो । लामो समय निमित्तकै भरमा सञ्चालन भएका कालिकोटका स्थानीय तहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ्ग लागेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत पठाएको हो । महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजनले प्रमुख प्रशासकीय अधिकृत पाण्डे कार्यालयमा हाजिर भई नियमित कामकाजमा खटिइको बताएका छन् ।