पार्टिको कार्यक्रममा स्वास्थ्य शाखाको फर्निचर तोडफोड ।

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकिको फर्निचर तोडफोड गरिएको छ । नेकपा एमाले पचालझरना गाँउकमिटिको बैठकमा उक्त फर्निचर तोडफोड गरिएको स्वास्थ्य शाखा प्रमुख उमाकान्त न्यौपानेले बताउनु भएको छ । शाखा प्रमुख न्यौपानेका अनुसार स्वास्थ्य चौकिको तालिमहलको कम्प्युटर टेबुल भाचिएको बताउनु भएको छ । उक्त तालिमहल प्रयोग गर्दा आफुलाई जानकारी नै नदिएको र हल प्राय पार्टिका कार्यक्रममा प्रयोग गर्ने गरेको बताउनु भएको छ । नेकपा एमाले पचालझरना गाउँकमिटि अध्यक्ष ऐन बहादुर शाहीका अनुसार पार्टिको आन्तरिक बिबाद हुँदा झडप भएको थियो उक्त झडबका कारण टेबुल भाचिएको बताउनु भएको छ । अध्यक्ष शाहीले पार्टिका नेता कासिचन्द्र बरालले गाउँपालिका उपाध्यक्ष अल्किना बम संग कुरा मिलाई सकेको र उक्त क्षेती पार्टिले ब्यहोर्ने बताउनु भएको छ । गाउँपालिका अध्यक्ष देबराज शाहीले कार्यालयको सामाग्रि के कति तोडफोड गरे आफु तेस तर्फ जादै गरेको र गयपछि सबै कुरा जानकारी गराउने बताउनु भएको छ ।

error: Content is protected !!