काशिकाँधमा अस्थायी प्रहरी पोस्ट स्थापना

दैलेख । महाबु गाउँपालिका–५ काशिकाँधमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीको उपस्थितीमा प्रहरी पोस्ट स्थापना गरिएको हो । मन्त्री बिसीले प्रहरी पोस्ट परिक्षणमा रहेकोे र स्थानियले सहयोग गरे स्थायी प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने बताए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अस्थायी प्रहरी पोस्ट स्थापनासँगै शान्ति सुरक्षा र अमनचयन कायम गर्नमा सहयोग पुग्ने बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले भौगोलिक रुपमा विकट क्षेत्रमा प्रहरीको संरचना स्थापना गरिएको बताए ।

प्रहरी पोस्ट् उद्घाटन कार्यक्रममा महाबु गाउँपालिकाका कार्यवाहाक अध्यक्ष मञ्जु शर्मा पाण्डे, पूर्व अध्यक्ष जंगबहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्याय लगाएत उपस्थिती थिए । प्रहरी पोस्ट्मा सात जनाको प्रहरी टोली खटाईएको छ ।

error: Content is protected !!