दैलेख । वर्षात सुरुभएसँगै बाढी पहिरोको जोखिम बढेको छ । बिहीवार राती परेको वर्षातले दैलेखको ठाटीकाँध गाउँपालिकामा मानवीय तथा खेतीबालीमा क्षती पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालका अनुसार ठाटीकाँध गाउँपालिका–४ स्थित भुतगाड खोलाले स्थानीय एक बालिकालाई बगाएको छ ।
आज विहान घट्टबाट घर फर्किदै गरेकी १७ वर्षिया बालिका उर्मिला कठायतलाई खोलाले बगाएको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार उर्मिलालाई स्थानीय बासिन्दाले करिब एक सय ५० मिटर तल मृत अवस्थामा फेला पारेका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गईरहेको र क्षतीको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैबिच बिहीवार राती गुराँस गाउँपालिका–५ का रुद्र गिरीको घरमा चट्याङ्ग परेको छ । घरमा परेको चट्याङ्गमा परि गिरीको श्रीमती ४४ वर्षिया चन्द्रा गिरी र १७ वर्षिया छोरी माया गिरी घाइते भएका छन् । उनिहरुको शरिरका केहि भागमा चोट लागेको र उपचारका लागि कर्णाली प्रदेश अस्पतालतर्फ लगिएको डिएसपी लम्सालले बताए ।