दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक बालबको मृत्यु भएको छ । डुङ्गेश्वर गाउँपालिका–१ खाडा गाउँ बस्ने बलबहादुर खड्काको छोरा ९ वर्षिय गणेबहादुर खड्काको निधन भएको हो । उनको स्थानीय लोहोरे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको दैलेख प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले बताए ।
प्रहरी निरीक्षक दिपकसिंह विस्टको नेतृत्वमा सोकोसहित खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेर पोस्ट्मार्टमका लागि शव दैलेख जिल्ला अस्पतालमा राखिएको छ ।