सैनिक आवासीय महाविद्यालयमा नेतृत्व विकास उत्प्रेरणात्मक कार्यक्रम


सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित सैनिक आवासीय महाविद्यालय मंगलगढीमा नेतृत्व विकास उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । महाविद्यालयको आयोजना तथा मानव सेवा आश्रम सुर्खेतको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

महाविद्यालयमा कक्षा ६ देखि १२ सम्मको नेतृत्वदायी भूमिकामा रहेका विद्यार्थीहरुका लागि नेतृत्व विकास सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो । नेतृत्व विकास उत्प्रेरणात्मक कार्यक्रमको सहजिकरण मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना वली र कर्णाली प्रदेश युवा परिवार संयोजक महेन्द्र कुमार थापाले गरेका थिए ।

मानवता प्रर्वद्धन, समाज रुपान्तरणमा युवाहरुको भूमिका, युवाहरुको क्षमता अभिबृद्धि लगाएतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । यस्तै कक्षा कोठा व्यवस्थापन, विद्यालयको फोहोर व्यवस्थापन, बोलीचालीमा सुधार, कार्यक्रम आयोजना गर्दा नेतृत्व कसरी गर्ने लगाएतका सवालमा पनि छलफल तथा अन्तरक्रिया भएको बताईएको छ ।

तस्विर स्रोत : मानव सेवा आश्रम

error: Content is protected !!