कालिकोटको रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

कालिकोट। कालिकोटको रास्कोट नगरपालिका-२ सेरा बजारमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार बिहान ७ बजे जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको हो।  दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन्। घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।

सेराबजारको वषपार्कमा चालकले जुता लगाउँदै थिए। उक्त गाडी स्टाट गरी न्युटल राखेको थियो। सोही अवस्थामा जीप खोलामा गएर दुर्घटना भएको स्थानीय दिपक सिम्खाडाले बताए ।

‘गाडी स्टाट रैछ, गाडीमा ओड नराखी चालकले जुता लगाउँदै थिए। यात्रु गाडीमा बसिरहेका थिए। गाडी पछाडी गुडेको थियो । तिनजना गाडीमा थिए । दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन्’, सिम्खाडाले भने।

error: Content is protected !!