दैलेख । दैलेख प्रहरीले अवैध काठ बरामद गरेको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलबाट उक्त काठहरु बरामद गरिएको प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले बताए । प्रहरी चौकी डुङ्गेश्वर बजारबाट प्रहरी सहायक निरिक्षक मोहनसिहं साउँदको कमाण्डमा खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।
चालक गुराँस गाउँपालिका–४ का बिकाश न्यौपानेले चलाएको सु.प्र.प्र.०१–००२ त ५९५९ नम्बरको ट्याक्टर चेकजाँच गर्दा अवैध काठ बरामद भेटिएको थियो । ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको सालजातका २४ थान चिरान कडी फेला पारी नियन्त्रणममा लिईएको डिएसपी लम्सालले बताए ।
प्रहरीले ट्याकटर चालक, ट्याकटर, सहचालक डुङेश्वर गाउँपालिका–४ बस्ने शिव बुढालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय माथिल्लो डुङेश्वरको जिम्मा लगाईएको छ ।