उद्योग वाणिज्य परिषदको सदस्यमा दैलेखका कुल बहादुर विक मनोनित


दैलेख । दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विक नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य परिषद सदस्यमा मनोनित भएका छन् । महासंघको विधानको दफा २९.२.१ अनुसार उद्योग वाणिज्य संघ समुहबाट निर्वाचित उपाध्यक्ष सूरकृष्ण वैद्यको सभापतित्वमा गठित परिषदको सदस्यमा उनलाई मनोनित गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले विकलाई परिषदको सदस्यमा मनोनित गरेको जनाएको छ । सफल व्यवसायीको रुपमा परिचय बनाएका विक दैलेख बजारमा वर्षौ वर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलको प्रोपराइटर समेत हुन् ।

उनले सामाजिक क्षेत्रमा समेत थुप्रै कामहरु गरेका छन् । सामाजिक क्षेत्रमा पु¥याएको योगदानकै कारण संविधान दिवसको अवसरमा विक राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभुषित भईसकेका छन् ।

error: Content is protected !!