कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।

प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘आज दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तए भएको छ,’ सचिव बुढाथोकीले भने ।

उनका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइ सचिवालयमा पत्रसमेत पुगिसकेको छ ।

error: Content is protected !!