दैलेख । जिल्लाको गुराँस गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रबृति दिने भएको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, डाक्टर, भेटेनरी, कृषि, स्वास्थ्य, आईटी, सिए, पिएचडी, विएससी नर्सिङ पढ्दै गरेका विद्यार्थीलाई छात्रबृति दिने भएको हो ।
गाउँपालिकाको गत फागुन १५ गते बजेको शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार छात्रबृतिका लागि सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीका अनुसार प्राविधिक शिक्षा पढ्दै गरेका विद्यार्थीले छात्रबृतिका लागि गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिनुपर्नेछ ।