काठमाडौं। औषधिजन्य प्रयोगका लागि गाँजाको खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारले तयारी गरेको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा पछिल्ला वर्षहरूमा चर्चामा रहेको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन्।