कर्णाली प्रदेश सभाकाे विषयगत समितिका सभापतिको चयन


सुर्खेत । कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति छन् ।

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभापतिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिको सभापतिमा जितबहादुर मल्ल र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गबहादुर रावत चयन भएका छन् ।

प्रदेश सभाको पहिलो बैठक बसेको चार महिनापछि समिति सभापतिको निर्वाचन भएको हो । यसअघि सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्यहरू मनोनीत गरेकी थिइन् । समितिका सदस्यबाट सभापतिमा एक–एक जना सदस्यलाई सभापति निर्वाचित गरिएको छ । सभामुख गुरुङले आइतबार नै नवनिर्वाचित समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

error: Content is protected !!