विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम(मौसम) ढकाल र अविनाश बोहरा रहेका छन् ।

नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको हो । विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

१० टोलीलाई आईसीसीले २ समूहमा विभाजन गर्नेछ । हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

error: Content is protected !!