दैलेख । दैलेखमा कक्षा १२ को परिक्षामा नक्कली परिक्षार्थी भेटिएका छन् । शुक्रवार गुराँस गाउँपालिकाको शान्ति मावी सेरी परिक्षा केन्द्रमा नक्कली परिक्षार्थी भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
उक्त परिक्षा केन्द्रमा कक्षा १२ को परिक्षा दिईरहेकी दुल्लु नगरपालिका–१३ की १९ वर्षिया संगिता शाहीको ऐच्छिक नेपाली विषयको परिक्षा दुल्लु नगरपालिका–१३ की १६ वर्षिया कल्पना वलीले दिएको पाईएको हो । चेकजाँच गर्ने क्रममा शाहीले दिनुपर्ने परिक्षा वलीले दिईरहेको अवस्थामा भेटिएको डिएसपी लम्सालले बताए । उनका अनुसार परिक्षामा नक्कली प्रशिक्षार्थी भेटिएपछि थप अनुसन्धान थालिएको छ ।