गरिबी परिचयपत्र दुई वर्षभित्र वितरण गरिसक्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भाडामा लगाएका जग्गाहरुको अनुगमन गर्ने बताएका छन् । शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लिजका जग्गाको अनुगमन गरिने बताएका हुन् ।

पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताए । गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको बताए । सरकारले सहकारीहरुको नियमन गर्न सहकारी नीति परिमार्जन गरिने बताए ।

पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताए ।

error: Content is protected !!