ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ हाँसिबाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार बेलुका हासिबाङको खारखोलामा रा १ त ३७९० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर १४ का १८ वर्षका हेमराज ओलीको मृत्यु भएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडा नम्बर १४ कै चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडा नम्बर ११ का शेरबहादुर परियार घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारको लागि चौरजहारी मिसन अस्पतालमा लिइएको छ । घाइते मध्य खड्काको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई उपचारको लागि हेलिकोप्टर मार्फत जिल्ला बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सानीभेरी गाउँपालिका ९ को सुलिहालेबाट मुसिकोट नगरपालिका १४ को बाघखोरतर्फ बालुवा लिएर जाँदै गरेको ट्याक्टर अनियन्त्रित हुँदा खारखोलामा दुर्घटना भएको थियो ।

error: Content is protected !!