म्याद नाघेका सामग्री जफत गरेर नष्ट

दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारमा अनुगमन गरिएको छ । डुङ्गेश्वर गाउँपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी चुप्रा, उद्योग बाणिज्य संघ दैलेख लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चुप्रा बजारका विभिन्न ठाँउबाट म्याद गुज्रेका दैनिक उपभोग्य सामग्री जफत गरिएको छ । नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढगतराजु, चियापत्ती, सव्जी मसला, पेयपदार्थ जफत गरिएको उद्योग कार्यालयका प्रमुख कल्पना खत्रीले बताइन् ।

चुप्रा बजारमा रहेका होटल, थोक तथा किराना पसलको अनुगमन गरेको र म्याद गुज्रेका खाद्य पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको थियो । होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा अवैध रूपमा उत्पादन गरिएका घरेलु मदिरा, बिस्कुट, पेय पदार्थ लगायतका सामग्री प्रहरीको रोबरमा नष्ट गरिएको छ ।

जफत गरिएका म्याद गुज्रेका उपभोग्य सामग्रीहरु चुप्रा बजार नजिकै जलाएर नष्ट गरिएको डुङ्गेश्वर गाँउपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले बताइन् । बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको राख्न गर्न निर्देशन दिइएको उपाध्यक्ष न्यौपानेको भनाई छ ।

error: Content is protected !!