घरमा आगलागी हुँदा पशुचौपाया र अन्नपात जले

दैलेख :  जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित एक घरमा आगलागी भएको छ । स्थानीय रामबहादुर थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले बताए । ढुंगा माटोले बनेको दुई तले कच्ची घरमा आगलागी भएको डिएसपी लम्सालले जानकारी दिए ।

आगलागी हुुँदा पशुचौपाया र अन्नपात जलेको छ । घरमा झण्डै एक लाख २० हजार बराबरको काठ र दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा पाँच वटा बाख्रा र एक वटा गोरु जलेर मृत्यु भएको छ । एउटा गोरु जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!