सुरक्षित कर्णाली विशेष अभियान सुरु

सुर्खेत : कर्णालीमा ‘सुरक्षित कर्णाली विशेष अभियान’ सुरु भएको छ । अभियान अन्तरगर्त कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका हरेक प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता परिचालन गरेको छ । प्रहरी कार्यालयमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरूलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी बनाउन तथा कुनै अर्को व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस भन्ने उद्देश्यले नागरिक सहजकर्ता सेवा सुरु गरेको हो ।

नागरिक सहजकर्ता प्रहरीले नागरिकालाई स्वागत गर्ने, नमस्कार गर्ने, विनम्रताका साथ समस्याबारे सोध्र्ने, समस्याबारे सम्बन्धीत फाँट वा कर्मचारी वा कार्यालय प्रमुखसम्म स्कर्ट गरी भेट गराई समस्याबारे भनिदिने, सेवा लिएका नागरिकको अभिलेख राख्ने लगाएतको कार्य गर्ने छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले नेपाल प्रहरीको सेवालाई प्रभावकारी बनाउन कर्णालीका २ सय ४४ प्रहरी युनिटमै २ सय ४४ जना नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको बताए । आइतबार सबै जिल्लामा एक दिने अभिमुखीकरण गरी हरेक प्रहरी युनिटमा एक जना नागरिक सहजकर्ता प्रहरी खटाइएको छ । नागरिक सहजकर्ता प्रहरी कर्णाली प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, गण, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी, प्रहरी चौकी, प्रहरी बिद्यालय लगायतका कार्यालयहरूमा परिचालित छन् ।

error: Content is protected !!