काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि उनले नेपाल प्रहरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका हुन् ।
खाँड पक्राउ पर्ने वित्तिकै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै नेपाल प्रहरी,गृहमन्त्री र प्रधानमन्त्रीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन् – धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू । यो शिलशिला नरोकियोस् कुनै हालतमा नकरोकियोस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री खाँण बुधवार बिहान पक्राउ परेका हुन् । उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन् ।