कर्णालीमा पनि सरकारका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

सुर्खेत । कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय बुधबार सकिँदै छ। प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्न  समय दिएका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु पर्नेछ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्। नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै, राप्रपा र एकीकृत समाजवादीका एक/एक सांसद छन्। एक स्वतन्त्र सांसद छन्। केन्द्रमा भएको सहमतिअनुसार कर्णालीमा एमाले र  माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ।

error: Content is protected !!