काठमाडौं । बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि हुस्सु लागेर मौसम खुलेको छैन।
देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्।
मौसमविद शाक्यले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता तथा सावधानी अपनाउन अनुरोध गरिन्।
बिहान काठमाडौंउपत्यकाको न्यनूतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलीटी अहिले बिहान २५ सय मिटर छ।