आठौं धारा नेपालगन्ज म्याराथनमा ज्ञान खाद्यान्नको सह-प्रायोजन

नेपालगञ्ज, मंसिर २० । यही मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले सहप्रायोजन गरेको छ । धारा शुद्ध तोरीको तेल समेत केएल दुगड ग्रुपकै उत्पादन हो ।
विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता प्राप्तिसँगै डाइरेक्ट्रीमा सुचिकृत भएपछि नेपालको प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपले ज्ञान खाद्यान्नलाई समेत समावेश गर्दै लामो यात्रा तय गर्ने संकेत गरेको छ । ज्ञानको नामबाट पिठो, चामल लगायत गुणस्तरीय खाद्यपदार्थ बजारमा उपलब्ध छन् ।
यसपटक दुई दिने कार्यक्रम गरी नेपालगन्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रवार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिवार बिहान ७ बजे म्याराथन आरम्भ हुनेछ । ‘उत्पादनको व्यवसायिक प्रवद्र्धनमात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकता दिएका छौं ।’ केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले भने –‘नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रियकरण एवं उचाइ लिदै गएकोमा हामीले निकै महत्वका साथ हेरेका छौं, हाम्रा ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले अझ महत्वका साथ लिनुभएको छ, हामी निरन्तर साथमा रहनेछौं । ’

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
एक दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन(मंसिर ५)लाई स्मरण गर्दै आठ बर्षअघि नेपालगन्ज म्याराथन आरम्भ भएको थियो । ‘मुलुक शान्ति यात्रातर्फ त्यसैदिनदेखि प्रवेश गरेको हाम्रो बझाई हो ।’ संस्थापक÷अध्यक्ष टीएस ठकुरीले भने–‘यस ऐतिहासिक दिनलाई सबैले स्मरण गर्नुपर्छ, म्याराथन जस्ता धेरै गतिविधि आयोजना गर्न नेपालीलाई त्यही दिनदेखि आशा जगाएको हो ।’
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ भने केएल दुगड ग्रुपकै ज्ञान खाद्यानले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ । होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, वेष्टर्न हस्पिटल मेडिकल पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।

यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ । यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।
गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिन आजोजक अध्यक्ष टिएस ठकुरीले बताउनुभयो ।

error: Content is protected !!