कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आह्वान

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको थियो । प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्।

परियारले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन्।

error: Content is protected !!