प्रदेश सांसद खत्री र कुर्मीलाई सिम्ताली समाजको सम्मान

नेपालगञ्ज,पुस १२ । सिम्ताली एकता समाज बाँकेले नव निर्वाचित प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ । बाँकेको बैजनाथमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रदेशसभा ३(१) का सांसद रत्न खत्री र ३(२)का सांसद वादशाह कुर्मीलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा प्रदेश सांसद खत्रीले सिम्ता क्षेत्रको कला संस्कृतिलाई नयाँ पुस्तामाझ चिनाउन समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । समाजको सदस्यको रुपमा आफु ले निरन्तर सहयोग गर्ने बताउनुभयो । अर्का सांसद वादशाह कुर्मीले बाँके जिल्लाको विकास निर्माणमा मिलेर काम गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष ढालवहादुर मल्ल, उपाध्यक्ष प्रेम पूर्णा योगी, सचिव निरक पोखरेल, वैजनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष मानवहादुर रुचाल, वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष मानवहादुर खत्री, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य धर्मलाल रोकाय लगायतले नव निर्वाचित प्रदेश सांसदहरुलाई सम्मान गर्नुभएको थियो ।

error: Content is protected !!