एमालेसँग पनि छलफल जारी – महरा

नेपालगञ्ज, पुस ९ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णवहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भईरहेको बताउनुभएको छ । एमालेसँग सरकार गठनका लागि छलफल भएपनि सरकार गठबन्धनकै बन्ने उहाँको बिश्वास छ ।

प्रेस सेन्टर बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आईतबार सम्म सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि काँग्रेस र माओवादी केन्द्रको दावीमा हालसम्म सहमति नजुटेको उहाँको भनाई छ ।

उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने वाम र गैर वाम पार्टीको संयुक्त मोर्चा बनाउन ५÷६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिनुभयो । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पूर्णाकुमारी सुवेदी, जिल्ला संयोजक डम्बर विक लगायतको उपस्थिती थियो ।

error: Content is protected !!