बर्दिया, पुस ३ । बर्दियाको बढैयाताल गाउँपालिकामा संचालित विकास निर्माणका ठुला आयोजनाको निर्माण कार्य तिव्रगतिमा अघि बढेका छन् । विगतमा सुस्तगतिमा निर्माण भईरहेका ठुला आयोजना हाल तिव्रगतिमा निर्माण कार्य भईरहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिनुभयो ।
गाउँपालिकाको निरन्तरको ताकेता, समन्वय र सहजिकरणमा सबै आयोजनाको काम सन्तोषजनक ढंगले अघि बढेको त्रिपाठीको भनाई छ । बढैयामा तालमा चार करोड ५० लाखको लागतमा गाउँपालिकाको भवन निर्माण भईरहेको छ । यसैगरी ३ करोड ११ लाखको लागतमा शिवचौकदेखि मदन चौक सडक, ५ करोड २१ लाखमा मैनापोखर जगतीया सडक र ५ करोड २६ लाखमा बगोटिया सडक निर्माण भईरहेको छ । यसैगरी बढैयातालको ड्याम समेत पालिकाभित्र संचालामा रहेका ठुला आयोजना मध्ये एक आयोजना हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीको नेतृत्वमा सम्वद्ध वडाका वडा अध्यक्ष, इञ्जिनियर तथा प्राविधिक सहितको टोलीले स्थलगत अनूगमन गरी निर्माण कार्यबारे जानकारी लिएको छ । अनूगमन समितिले ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरीय काम गर्न सम्वद्ध निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।