बशन्ति अधिकारी – प्रतिष्पर्धाको राजनीतिले बनाएकी नेतृ

नेपालगञ्ज, मंसिर २९ । बसन्ति अधिकारी नेकपा एमाले बाँकेको प्रभावशाली नेतृ । लामो समयदेखि संसदीय राजनीतिमा प्रवेश पाउनका लागि आन्तरिक प्रतिष्पर्धामा रहेकी अधिकारीले यसपटक समानुपातिक तर्फबाट लुम्विनी प्रदेशसभाको सांसदको रुपमा निर्वाचित हुनुभएको छ ।

तत्कालिन नेकपा एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपाल समूहमा रहेकी अधिकारी पुष ५ गतेपछि केपी ओली समूहमा सक्रिय हुनुभएको थियो । नेतृ अधिकारी पार्टी भित्रको पद होस वा संसदीय राजनीतिमा प्रतिष्पर्धाको आधारमा अघि बढ्नुपर्छ भन्ने मानसिकता भएकी साहसी महिला नेतृको रुपमा लिइन्छ । २०७१ सालमा एमालेभित्र गुटका आधारमा आन्तरिक निर्वाचन हुने समयमा माधव नेपाल समूहभित्र पदाधिकारीको दाबेदार भएपनि पन्छाइएको थियो ।

अधिकांश महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा उपप्रमुखको दावी गरिरहँदा अधिकारी भने कोहलपुर नगरपालिकाको मेयरको दाबेदार मात्रै हुनुभएन । आन्तरिक निर्वाचनमा निर्वाचन जितेर मेयरको नाम सिफारिस गर्न सफल हुनुभयो । त्यसलगत्तैको संसदीय निर्वाचन होसमा प्रत्यक्षतर्फ प्रदेश सांसदको उम्मेदवारको आकांक्षी रहेकी अधिकारी दुबै निर्वाचनमा उम्मेदवार बन्न नसकेपनि पार्टीका उम्मेदवार जिताउन अग्रमोर्चामा खटिनुभएको थियो । २०७४ मा उहाँको नेतृत्वमा एमालेले कोहलपुरमा लगातार ह्याट्रिक गर्न सफल भयो । २०७९ को स्थानीय तह निर्वाचनमा समेत मेयरको दाबेदार भएपनि अधिकारीले उम्मेदवार बन्ने मौका पाउनुभएन । पार्टीभित्र क्षमता भएपनि अवसारबाट बञ्चित अधिकारीलाई यसपटक भने पार्टीले न्याय गरेको छ । उहाँलाई समानुपातिकतर्फबाट प्रदेश सांसद बनाएर । तीन दशकअघि बर्दियाको बबई बहुमुखी क्याम्पसमा अखिलका तर्फबाट निर्वाचित स्ववियु सचिव अधिकारी २०४० को दशदेखि अनेरास्ववियुको राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय भएर लाग्नुभएको छ । बाँकेमा उहाँ एमालेको गाउँ कमिटी सचिव, ईलाका कमिटी, जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटीको सदस्यको रुपमा कार्यरत रहनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको प्रदेश अध्यक्ष अधिकारी राजनीतिमा आप्mनो सक्रियता, क्षमता र योेग्यताका आधारमा अघि बढ्नुपर्छ भन्ने मानसिकता राख्ने गरेको बताउनुहुन्छ ।

error: Content is protected !!