नेपालगञ्ज, मंसिर २७ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्जार्ज रुद्र सुवेदी, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य खम्बप्रसाद पुन लगायतका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंसीर २४ गते नेपालगञ्जमा आयोजित नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि आयोजक संस्था क्रियटिभ ह्याण्ड्सका कर्मचारी सौगतविक्रम शाहले गुण्डागर्दीको शैलीमा अपशब्द बोल्दै गरेको दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधिको भण्डाफोर गर्न अपिल गर्दछ, महासचिव हिरामान लामाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । समचार संकलनका क्रममा श्रमजीवि पत्रकारमाथि भएको यो दुव्र्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप विरुद्ध प्रेस
चौतारी नेपाल जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बिज्ञप्तीमा उल्लेख छ ।
श्रमजीवी, सक्रिय पत्रकारमाथि आइपरेको संकटमा मुकदर्शक नभई सशक्त आवाज उठाउन सम्पूर्ण प्रेसजगत, नागरिक समाज, मानवअधिकार आयोग, पेशागत संघसंगठनलाई प्रेस चौतारीले हार्दिक आह्वान गरेको छ । साथै, चौतारीले घटनामा सलग्न व्यक्तिलाई तत्काल कारवाही गर्न र यस विषयलाई गम्भीरतापूर्वक लिन सरकार र प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराएको छ ।