नेपालगञ्ज, मंसिर २४ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा शनिबार बन्दसूचीमा रहेको क्रम अनुसार प्रतिनिधीसभा र प्रदेशसभामा विजयी उम्मेदवाहरुको नाम अनुमोदन गरेका छन् । प्रतिनिधीसभा र प्रदेशसभामा दलहरुलाई निर्वाचन आयोगले दिएको सिट सख्या अनुसार शनिबार केन्द्रीय कमिटीको बैठकले सांसदहरुको टुङ्गो लगाएको हो ।
प्रतिनिधीसभामा नेकपा एमालेबाट केन्द्रीय सदस्य दिपा शर्मा खस आर्य महिलाबाट, नेपाली काँग्रेसबाट आशा विक दलित महिलाबाट र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मधेसी महिलाबाट लक्ष्मी तिवारीलाई सांसद बनाउन सम्वद्ध पार्टीले निर्णय गरेका छन् । यसैगरी प्रदेशसभामा नेकपा एमालेबाट बाँकेका बशन्ती अधिकारी खस आर्य महिला र सायरा बानो मुस्लिम महिला कलष्टरबाट सांसद हुनुभएको
छ । जसपा नेपालबाट खस आर्य महिलामा अम्विका काफले चयन हुनुभएको छ । दलहरुले शनिबार बुझाएको नाम आयोगले २६ गते विजयी घोषणा गर्नेछ । आयोगले दुई दिन सूची सच्चाउन दिनेछ । नेपाली काँग्रेसले गरेको प्रदेशसभातर्फको निर्णय सार्वजनिक भएको छैन । प्रदेशसभामा काँग्रेसबाट पनि माया पुन, सञ्जुकुमारी थारु लगायतको नाम पर्ने सम्भावना छ ।