काठमाडौं । बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् ।
संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् ।
ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गर्ने गरेका छन् । यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् ।
विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा. जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् ।