बाँकेमा पुराना हस्तीलाई नयाँ उम्मेदवारको चुनौती

कात्तिक १ गते । बाँकेमा प्रतिनिधीसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा पटक–पटक जनतामा परीक्षण भईसकेका उम्मेदवार र नयाँ उम्मेदवारबीच तिव्र प्रतिष्पर्धा देखिएको छ ।  क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बन्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज उम्मेदवार रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट सुर्य ढकाल उम्मेदवार रहनुभएकोछ । गहतराजको यो तेश्रो प्रतिष्पर्धा हो भने एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकाल पहिलो पटक संसदीय राजनीतिमा उम्मेदवार बन्नुभएको छ ।


प्रदेश क मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्ण केसी लगातार दाश्रो पटक प्रतिष्पर्धामा रहनुभएको छ । यहाँ एमालेको समर्थनमा राप्रपाका नरेन्द पौडेल उम्मेदवार रहनुभएको छ । जनता समाजवादी पार्टीका अमर खड्का पहिलो पटक प्रतिष्पर्धामा रहनुभएको छ । प्रदेश ख मा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका फुलाराम थारु र नेकपा एमालेका दुर्गाप्रसाद थारु उम्मेदवार रहनुभएको छ । फुलाराम यसअघि फोरम लोकतान्त्रिकबाट पटक–पटक उम्मेदवार भएपनि दुर्गा भने पहिलो पटक उम्मेदवार बन्नुभएको छ ।
बाँके क्षेत्र नम्बर २ मा नेकपा एमालेको समर्थनमा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा, जसपाका पुर्व मन्त्री मोहम्मद इस्तियाक राई र नेपाली काङ्ग्रेसका सुदिपनरसिंह राणाबीच प्रतिष्पर्धा रहेको छ । २०५४ र २०७४ मा नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखमा निर्वाचित डा. राणा २०५१, २०६४ र २०७० मा संसदीय उम्मेदवार बन्नुभएको थियो । पुर्व मन्त्री राई पनि २०६४ यताका हरेक निर्वाचनमा प्रतिष्पर्धा गर्दै आउनुभएको छ । काङ्ग्रेसका उम्मेदवार राणा भने नयाँ उम्मेदवारको रुपमा रहनुभएको छ ।
प्रदेश क मा एमालेका उम्मेदवार विजय वहादुर यादव २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरम (हाल जसपा)बाट विजयी हुनुभएको थियो । जसपाका भण्डारीलाल यादव यसअघि स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार रहनुभएको थियो भने नेपाली काङ्ग्रेसका उम्मेदवार वर्मा यसअघि संविधानसभा निर्वाचनमा समेत पार्टीका तर्फबाट प्रतिष्पर्धा गर्नुभएको थियो ।
प्रदेश ख मा काङ्ग्रेसले २०७४ मा विजयी उम्मेदवार प्रदेश मन्त्री सुरेन्द्र हमाललाई दो¥याएको छ । एमालेबाट निरक गुरुङ, जसपाका आदेश अग्रवाल र माओवादी केन्द्रका अकलवहादुर वम पहिलोपटक प्रतिष्पर्धामा उत्रिनुभएको छ ।
यसैगरी क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार सह–महामन्त्री किशोरसिंह राठौर रहनुभएको छ । एमालेले यसअघि खजुरा गाउँपालिकाका अध्यक्ष भईसकेका जिल्ला अध्यक्ष किस्मत कक्षपतिलाई उम्मेदवार बनाएको छ ।


प्रदेश क मा गठबन्धनबाट माओवादी केन्द्रले २०७४ मा विजयी आईपी खरेललाई उम्मेदवार बनाएको छ । एमालेले जिल्ला सचिव रत्न खत्रीलाई उम्मेदवार बनाएको छ । खत्री पहिलो पटक संसदीय प्रतिष्पर्धामा उत्रिनुभएको हो । यहाँबाट पुर्व राज्यमन्त्री तथा एकीकृत समाजवादीका नेता दलवहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०७४ मा काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका चन्तराम थारु यसपटक नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।
प्रदेश ख मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका वादशाह कुर्मी उम्मेदवार बन्नुभएको छ । कुर्मी २०६४ र २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा पार्टीबाट प्रतिनिधीसभाको उम्मेदवार बन्नुभएको थियो । यहाँ एमालेबाट उम्मेदवार बन्नुभएका युवा नेता भिम वली पनि संसदीय राजनीतिमा पहिलो पटक प्रतिष्पर्धामा उत्रिनुभएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज ढकाल जनताहरु नयाँ उम्मेदवारको पक्षमा रहेको बताउनुभयो ।
“जनताहरुले क्षेत्रमा काम गर्न सक्ने नयाँ उम्मेदवार खोजीरहेको अवस्था छ ,” ढकालले भन्नुभयो,– “जनतामा विगतमा परीक्षण भईसकेका भन्दा नयाँ उम्मेदवारमाथि आशा र भरोसा देखिएको छ ।”
पुर्व मन्त्री राईले जनताहरु नयाँ र पुराना उम्मेदवार भन्दा पनि सुःखदुःखमा साथमा रहने र विकास गर्न सक्ने उम्मेदवारको पक्षमा रहेको बताउनुभयो ।

error: Content is protected !!